आइतबारको पर्खाइमा रास्वपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आइतबारको पर्खाइमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आइतबारको पर्खाइमा छ । रास्वापाले सरकारमा बस्ने वा समर्थन फिर्ता लिने भन्ने विषयको अन्तिम निर्णय आइतबारसम्म गर्नेछ । बिहिबार बसेको ४ घण्टा लामो बैठकले सरकारमा रही रहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन पर्खने निर्णय गरेको हो ।

पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अघि नै २ दिनको लागि समय दिन आग्रह गरेपछि बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टीका महासचिव एवं प्रवक्ता मुकुल ढकालले बताउनु भयो ।

उहाँले राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको बताउनु भयो । उहाँले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग भएको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताउनु भयो ।

बैठकमा अधिकांश नेताहरुले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);