शीर्ष नेताहरुको फोन आएपछि सरकार छाड्ने निर्णयबाट पछि हटेका हौंः मुकुल ढकाल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

शीर्ष नेताहरुको फोन आएपछि सरकार छाड्ने निर्णयबाट पछि हटेका हौंः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेपछि आजै सरकार छाड्ने निर्णयबाट पछि हटेको रास्वपाका प्रवक्त मुकुल ढकालले जानकारी दिनुभएको छ ।

पार्टीको बैठक चलिरहेको समयमा ओली र दाहालले फोन गरेर दुई दिनको समय मागेपछि रास्वपाले दुई दिन कुर्ने निर्णमा पुगेको ढकालले बताए । यदि दुई दिनमा प्रधानमन्त्रीले राजनीतिक इमानदारीता नदेखाए रास्वपा जस्ता कुनै निर्णय गर्न बाध्य हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गर्नुभएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठक सकेर बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले भन्नुभएको थियो– ‘केही हुँदैन समर्थन फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि रास्वपाले करिब ४ घण्टा लामो बैठकबाट यस्तो निर्णय गरेको हो । रवि उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएपछि रास्वपाबाट सरकारमा २ मन्त्री र एक राज्यमन्त्री सहभागि रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);