माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारियो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारियो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक बिहीबारका लागि सारिएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि सारिएको हो । माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ ।

यस्तै, एमालेले पनि पूर्व सहमति अनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने दबाव दिईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि रास्वपा सरकारबाट तत्काल बाहिरिने निर्णयबाट पछि हटेको बुझिएको छ ।

माओवादी पार्टीले भने प्रतिनिधि सभाको बैठक पनि परेको र तयारी पनि नपुगेकाले बैठक स्थगित गरिएको तर्क गरेको छ ।

माओवादीले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो । यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);