बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताउनु भयो । उहाँले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल किसानलाई दिन पनि माग गर्नुभयो ।

उहाँले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । किसानहरु कृषि मन्त्रालय पुग्छन् रुन्छन् कराउँछन् । यी नै किसानहरु जसले बैंकहरुबाट ऋण लिएर साना कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नष्ट गरियो । नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ । मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँशु झार्दै छानबिन गर्न समिति बनाउने हो की ? ऋणले थिचिएका किसानहरुलाई जोगाउनको लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’ उहाँले भन्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);