जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको बिरोध प्रदर्शन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनकशिक्षा सामग्री केन्द्र परिसरमा बिरोध प्रदर्शन गरेको छ ।

बुधवार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ बिरोध जनाएका हुन् । उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिनुभयो । उहाँले जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भयो । उहाँले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको बताउनु भयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको बताउनु भयो ।

अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्नेकुरा आफूहरुलाई अमान्य रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);