जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीको कारण विद्यार्थी किताबविनै विद्यालय जान बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीको कारण विद्यार्थी किताबविनै विद्यालय जान बाध्य

सन्दिप शर्मा,
काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका ६ लालपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अध्ययन गर्ने राहुल सुनार कपीमात्रै झोलामा राखेर विद्यालयमा पुग्ने गरेका छन् । कक्षा दशमा अध्ययन गर्ने सुनारको विद्यालयमा किताब नआउँदा झोलामा कपी मात्रै राखेर पुग्न बाध्य भएका हुन् । पाठ्पुस्तक छाप्ने जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले समयमा नै पुस्तक छाप्न नसकेका कारण नयाँ शैक्षिक शत्र सुरु भएको १ महिना बित्नलाग्दा पनि सुनार विद्यालयमा पुस्तकबिनै विद्यालय जानुपर्ने अवस्था आएको हो ।

सुनार देशभरका विद्यार्थीमध्ये प्रतिनिधि पात्रका रुपमा मात्रै रहेका छन् । सुनारलाईजस्तै दुर्गम भेगका विद्यार्थीहरु यतिवेला झोलामा कपी मात्रै राखेर जानु पर्ने बाध्यता आईपरेको छ । जनक शिक्षा सामग्री केन्द्रले गरेको हेलचेत्र्mयाँइका कारण विद्यार्थीहरूलाई यस्तो बाध्यता आइलागेको हो । केन्द्रले अहिलेसम्म पनि मागअनुसारका पुस्तक छपाई गर्न नसक्नु र छापिएका पुस्तकहरू पनि समयमा नै ढुवानी गर्न नसक्दा विद्यार्थीहरूलाई किताब साथमा नलिई विद्यालयमा जानुपर्ने अवस्था आएको राष्ट्रिय मावि लालपुर बाँकेका प्रअ पहलमान ओलि क्षेत्रिले बताए ।

जेठ १ देखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । कक्षा एकदेखि दशसम्म सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले निशुल्क पाठ्यपुस्तक पाउने सरकारी नीति छ । शिक्षाको हक त संविधानले नै सुरक्षित गरेको छ । शैक्षिकसत्रको सुरुवातमा नै विद्यार्थीले नयाँ पुस्तक पाउनुपर्ने हो । जनक शिक्षा सामग्री केन्द्रले गत स्थानीय तहको चुनावको मतपत्र छपाई र रुस, युक्रेन युद्धको कारण पाठ्यपुस्तक छाप्नका लागि आवश्यक पर्ने कागज अभावको कारण देखाउँदै समयमै किताब छापाई गर्न नसकेको भन्दै पन्छिन खोजेको छ । रातारात मतपत्र छपाई गरेर मतदान केन्द्र बनाइएका तिनै विद्यायलमा पु¥याउन सक्ने केन्द्रले, विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु¥याउन नसक्नु दुखद भएको शिक्षाविद् गोविन्दमान कार्की बताउँछन् ।

विद्यार्थीका हातमा समयमा नै पुस्तक नपुगेको यो पहिलो शैक्षिक सत्र होइन । यसभन्दा अगाडि पनि सरकारले समयमा नै विद्यार्थीलाई पूर्णरूपमा पुस्तक उपलब्ध गराउन सफल भएको थिएन । हाम्रो त कुनै पनि पुस्तक नै आएको छैन कक्षा पाँचमा अध्ययन गर्ने बाँकेकै अर्की छात्रा अंकिता सुनारले भनिन् । समयमा पुस्तक उपलब्ध नहुदाँ पढ्न गाह्रो भएको उनले थपिन् ।

समयमा नै विद्यार्थीको हातमा पुस्तक नपुग्दा भविष्यका कर्णधार विद्यार्थीको अध्ययनमा पर्ने असरप्रति सरकारले कुनै चासो व्यक्त गरेको छैन । जनक शिक्षा सामाग्री केन्द र सरकारको हेलचेत्र्mयाँइको दूरगामी असर भविष्यको पुस्ताले भोग्नुरेको छ ।

भिडियो रिपोर्ट :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);