सार्वजनिक ढुंगेधाराकाे विद्यार्थीले गरे सरसफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सार्वजनिक ढुंगेधाराकाे विद्यार्थीले गरे सरसफाई

भक्तपुर। एक सम्पदा एक स्कुल सरसफाई’ कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले  स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा)को सरसफाई गरेका छन् । स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धाराे  र आसपासकाे क्षाेत्र सरसफाई गरेका हुन्  । उनीहरूलाई चार जना शिक्षकशिक्षिकाले सहयाेग गरेका थिए ।उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए ।

आ-आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका-२ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियाे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);