सार्वजनिक ढुंगेधाराकाे विद्यार्थीले गरे सरसफाई | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

सार्वजनिक ढुंगेधाराकाे विद्यार्थीले गरे सरसफाई

भक्तपुर। एक सम्पदा एक स्कुल सरसफाई’ कार्यक्रमअन्तर्गत भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुल मिवाछे व्यासीका विद्यार्थीले  स्कुल नजिकै रहेको सुकपाली हिटी (सार्वजनिक ढुंगेधारा)को सरसफाई गरेका छन् । स्कुलका कक्षा ९ मा अध्ययनरत २७ जना छात्रछात्राहरूले सामुहिक रुपमा धाराे  र आसपासकाे क्षाेत्र सरसफाई गरेका हुन्  । उनीहरूलाई चार जना शिक्षकशिक्षिकाले सहयाेग गरेका थिए ।उनीहरूले त्यहाँं रहेका झारपात उखेल्ने, बन्द भएको पानीको निकास खोल्ने, जाम भइ बसेको पानी निकाली फाल्ने लगायतका काम गरेका थिए ।

आ-आफ्नो घर अगाडिको पुरानो ऐतिहासिक ढुंगेधारा सफा गर्न विद्यार्थी आएको देखेपछि स्थानीय खुशी भएका थिए । त्यसपछि उनीहरू पनि छात्रछात्राहरुसँंगै सरसफाईमा जुटेका थिए । यो ढुंगेधारा भक्तपुर नगरपालिका-२ इटापाकेमा रहेको छ । भक्तपुर नगरपालिकाले नगरभरिका ९२ वटा स्कुललाई नजिकैको एउटा एउटा सम्पदा सफा राख्न पत्राचार गरेको थियाे ।

Leave a Reply

ताजा समाचार