चन्दननाथका पाँच गाउँमा सप्ताहव्यापी सरसफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चन्दननाथका पाँच गाउँमा सप्ताहव्यापी सरसफाई

जुम्ला। चन्दननाथ नगरपालिकाका पाँच गाउँमा एक सातासम्म सरसफाई अभियान चलाइने भएकाे छ । नगरपालिका र केही साझेदार संस्थाले यी गाउँलाई नमूना गाउँका रुपमा विकास गर्न सरसफाई अभियान सुरू गरेकाे हाे ।अभियानअन्तर्गत एक साताभरी ति गाउँमा जनप्रतिनिधि, सरसफाई अभियानकर्ता, साझेदार संस्थाहरू, स्वयंसेवकहरू परिचालन गरि सचेतना तथा घर भेटघाट गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको सबैभन्दा पहिलो लक्ष्य सरसफाई र स्वच्छ शहर, नगर बनाउने अभियfन रहेको बताए । शहर सफा भए सबै हिसाबले स्वस्थ्य र धनी हुने बताउँदै सानो बजेट भए पनि चन्दननाथले सरसफाईमा जोड दिने प्रतिबद्धता गरे ।

चन्दननाथ नगरपालिकाले साझेदार संस्थाहरू पेस नेपाल, एसएनभी नेपाल र मित्र समाजको सहयोग तथा साझेदारीमा नमूनाको रुपमा टोलटोलमा सरसफाई शिक्षा र घर भेटघाट गरेर एक साता सरसफाई अभियान सम्पन्न गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);