चैनपुरमा तीजको अवसरमा मन्दिर सरसफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चैनपुरमा तीजको अवसरमा मन्दिर सरसफाई

ललित सिंह
बझाङ, १६ भदौ । बझाङको ऐतिहासिक महत्व बोकेको सुर्मादेवी मन्दिरमा जिल्ला प्रहरी कार्यालय बझाङले सरसफाई अभियान थालेको छ । जिल्लाको पर्यटकीय स्थानका रुपमा पनि विकास हुँदै आएको सुर्मादेवी मन्दिरको प्रचारप्रसारका कार्यहरु पनि तिब्र पारिएको छ । तीजको उपलक्ष्यमा प्रहरी, सेना स्थानीयहरुले मिलेर मन्दिरको सरसफाई गरेको थियो ।

धार्मिक एबम् ऐतिहासिक सुर्मादेवी मन्दिर भएकाले संरक्षणको लागि बिभिन्न ठाउँबाट आएका भक्तजनहरुले दान गरेको भेटी रकमबाट सुमा देवी मन्दिरको संरक्षण गर्न घेरावार लगाई अहिले जिल्ला प्रहरी कार्यालय र अन्य स्थानीयको सहयोगमा मन्दिर परिसर सरसफाई गर्ने अभियान सुचारु गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि जिल्ला प्रहरी कार्यालय बझाङ्गले सरसफाई अभियानबाट सुरु गरिएको हो । प्रहरी र आमनागरिकबीचको दुरीमा कमी ल्याउन जिल्ला प्रहरी कार्यालय बझाङ्गले मन्दिर सरसफाईको अभियान थालेको कार्यालयका प्रहरी नायव निरीक्षक गणेश बहादुर बमले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गले स्थानीयसंग मिलेर मन्दिर सरसफाई अभियानले एकातिर मन्दिरको शोभा बढाएको छ भने अर्कोतिर प्रहरीले अपेक्षा गरे जस्तै नागरिकसंग राम्रो सम्बन्धको पनि विकास हुने छ ।

व्यवस्थापनको अभावमा मन्दिरमा न त फोहर व्यवस्थापन हुन सकेको न त खानेपानीको आवश्यकता नै पुर्ति हुन सकेको छ । तर यति हुँदा हुँदै पनि मन्दिर व्यवस्थापनका लागि बझाङ्गको जयपृथ्वी नगरपालिकाले बर्षै पिच्छे सुर्मा देवी मन्दिर तथा बजार व्यवस्थापनका लागि छुट्याएको बजेटको पनि सदुपयोग हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);