प्रहरीको अगुवाईमा बैतडीको निङ्ग्लाशैनी मन्दिर सरसफाई अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रहरीको अगुवाईमा बैतडीको निङ्ग्लाशैनी मन्दिर सरसफाई अभियान

ninglasaini mandir sarsafai

प्रेम भाट
बैतडी, २३ असोज
। सुदूरपश्चिमका प्रसिद्ध शक्तिपीठहरुमध्येको एक बैतडीको निङ्ग्लाशैनी मन्दिरमा दशैँपछि वरीपरिको फोहर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्र दुर्गन्धित बनेको छ । मन्दिर व्यवस्थापन समितिको लापर्वाहीका कारण मन्दिर वरिपरी थुपारिएको फोहर बिहीबार नेपाल प्रहरीको अगुवाईमा व्यवस्थापन गर्ने अभियान संचालन गरिएको छ ।

दशैँको समयमा भक्तजनहरुको भिड र जात्राका क्रममा भएको फोहर व्यवस्थापन नहुँदा सुदूरपश्चिमको प्रसिद्ध निङ्ग्लाशैनी मन्दिर क्षेत्र दुर्गन्धित बनेको छ । मन्दिर व्यवस्थापन समितिको लापर्वाहीका कारण मन्दिर वरीपरिको क्षेत्रमा नाक थुनेर हिड्नुपर्ने बाध्यता छ । मन्दिरमा जथाभावी छरिएको फोहरले पर्यटक तथा स्थानीयको स्वास्थ्यमा समस्या हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय, बैतडीको अगुवाईमा मन्दिर सरसफाई अभियान थालिएको छ ।

ninglasaini mandir sarsafai

व्यवस्थापान समितिले सरसफाई नगरेपछि प्रहरीले सरसफाई अभियान थालेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीको अगुवाईमा बजार व्यवस्थापन समिति, नागरिक समाज, पत्रकार र स्थानीय व्यवसायीहरुको सहभागितामा सरसफाई अभियान थालिएको हो ।विगतमा भएका केही कमीकमजोरीहरु अबका दिनमा सुधार गरिने मन्दिर व्यवस्थापन समितिका सदस्य एवं पुजारी लोगराज भट्टको भनाई छ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको निङ्गलाशैनी मन्दिरको सरसफाईमा मन्दिर व्यवस्थापन समितिद्वारा बेवास्ता गरिनु दुखद् कुरा हो । तर नेपाल प्रहरीको मन्दिर सरसफाई अभियानले भने सर्वसाधारण माझ सकरात्मक सन्देश फैलाएको छ । पर्यटकको रोजाईमा रहेका यी प्रसिद्ध मन्दिरहरुको व्यवस्थापन गर्नुतर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);