मुक्तिनाथ मन्दिर आजदेखि खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुक्तिनाथ मन्दिर आजदेखि खुला

मुस्ताङ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेको धार्मिक तथा पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि पूजाआजाका लागि खुला गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालयमा असोज ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरे अनुसार आइतबारदेखि खुला गरिएको हो । अन्य जिल्लामा जस्तै मुस्ताङमा पनि संक्रमणको जोखिम कम हुँदै गएकाले धार्मिक क्षेत्र पनि खुला गरिएको हो ।

‘अहिले सोह्र श्राद्धको बेला पनि रहेको छ । यो बेलामा मुस्ताङ आएर दिवंगत आफन्तलाई पिण्ड दान गर्ने तथा मुक्तिनाथ दर्शन गर्नेहरूको मुख्य बेला पनि हो‚’ उहाँले भन्नुभयो, ‘जोखिम कम हुँदै गएकाले आजदेखि पूजाआजाका लागि मन्दिर खुला गरिएको छ ।’

मन्दिर खुला भए पनि पूजाआजाका क्रममा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गरिएको हुनुपर्ने प्रजिअ पौडेलको भनाइ छ । त्यसमा पनि स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकामध्ये कुनै एक प्रमाण र विदेशीका लागि पछिल्लो सात दिनभित्रको पिसिआर रिपोर्ट देखाएर मात्रै मन्दिरमा प्रवेश गर्न पाउने निर्णय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);