पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि आजदेखि खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि आजदेखि खुला

काठमाडाैं । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

कोरोना संक्रमणको जोखिम र निशेधाज्ञाका कारण गत वैशाख १० गतेदेखि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि आजदेखि खुला गरिएको हो । मन्दिर खुलेसंगे पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यदपी कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने पशुपति विकास कोषले जनाएको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ भने एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गर्ने पाउने व्यवस्था गरिएको छ ।

मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार कोषले क्षमापूजा गरेको थियो ।

यसअघि विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि ९ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);