पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न रोक, चार ठाउँबाट लाइनको व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न रोक, चार ठाउँबाट लाइनको व्यवस्था

pashupatinath

काठमाडौं, १ असोज । हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन् । तीजका अवसरमा सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । दर्शनार्थीको सुविधाको लागि आज पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको छ । यसैगरी, दोस्रो मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने, तेस्रो गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट लाइन अघि बढ्ने गरी व्यवस्था रहेको छ ।

चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । मूल मन्दिर परिसरको तस्बिर, भिडियो खिच्न मनाही गरिएको छ । कोषले आज बिहान ६ बजेपछि बेलुका ७ बजेसम्म पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न रोक लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);