९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजबाट खुल्यो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजबाट खुल्यो (फोटो फिचर)

काठमाडौं, १ पुष । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण विगत ९ महिनादेखि बन्द भएको मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

मन्दिर खुला गरिएसँगै पशुपति क्षेत्रमा भक्तजनहरु पुगेका छन् । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने पशुपति विकास कोषले जनाएको छ ।

मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषको भनाई छ । यसैबीच मन्दिर खुला गर्नुपूर्व मंगलबार क्षमापूजा गरिएको थियो । क्षमापूजाका लागि राष्ट्रपति विद्यादेवि भण्डारी पशुपतिनाथ मन्दिर पुग्नुभएको थियो ।

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);