पशुपतिनाथ मन्दिरमा क्षमा पूजा सम्पन्न, भोलीदेखि सर्वसाधारणका लागि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पशुपतिनाथ मन्दिरमा क्षमा पूजा सम्पन्न, भोलीदेखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं, ३० मंसिर । हिन्दु धर्मावलम्बिहरुको आवस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) क्षमा पूजा गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नौ महिना देखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

क्षमा पूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुग्नु भयो । प्राचीनकालदेखि नियमित रुपमा पूजा हुँदै आएकोमा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमा पूजा गरिएको हो । आज क्षमा पूजा गरिएपछि भोली (पुष १ गते) देखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढकोबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइने छ भने सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्नेछ । मन्दिरभित्र हुने विषेश पूजा, भजनकिर्तन लगायतका क्रियाकलाप भने अहिले शुरु नहुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);