नेपाली अलैंचीको भौगोलिक आधिकारिकताको प्रकृया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाली अलैंचीको भौगोलिक आधिकारिकताको प्रकृया सुरु

हाललाई पाँच जातको अलैंचीको आधिकारिकता दर्ता गरिने

काठमाडौं, ३० मंसिर । नेपाली अलैँचीको भौगोलिक आधिकारिकता कायमको प्रकृया सुरु भएको छ । नेपालमा हाल १४ प्रजातिका अलैंचीको ब्यावशायिक खेती गरिंदै आएको भएपनि पहिलो चरणमा पाँच प्रजातीका अलैंचीको जात पहिचान गरि तिनको भौगोलक आधिकारिकता कायम गर्न भन्दै अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा पत्राचार गरेको छ । अलैंचीको जात पहिचान गरि तिनको आधिकारिकता कायम गर्न गरिएको यो पहिलो पटक हो ।

छिमेकी मुलुक भारतले अन्तर्राष्ट्रिय बजारमा आफुले उत्पादन गर्दै आएको अलैंचीको जातको पहिचान गराएको छ । र त्यही आधारमा भारतले नेपाली उत्पादन समेतलाई आफ्नो स्वामित्वमा लिएकै कारण नेपालले आफ्नो उत्पादनको जात पहिचान गरि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई स्थापित गराउने उद्देश्यका साथ भौगोलिक आधिकारिकताका साथै जात पहिचानको प्रकृया शुरु गरेको हो ।

अलैँची विकास केन्द्र, फिक्कलले,जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमिति नै गठन गरेर प्रकृया शुरु गरेको हो । उक्त उपसमितीले, हाल रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातका अलैंची नेपाली जातको भएको निर्णय सहित कृषि मन्त्रालयलाई अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको छ । अलैंची विकास केन्द्रले शुरुमा पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गर्न तयारी गरेको छ । केन्द्रको शिफारिशका आधारमा मन्त्रालयले सबै प्रकृया पु¥याएर राजपत्रमा प्रकाशित भएपछि जातले मान्यता पाउने छ ।

समुद्री सतहदेखि १ हजार दुईसय देखि एक हजार ६ सय मिटरको उचाई रहेका पुर्वी नेपालको ईलामका बिभिन्न क्षेत्रमा पहिलो पल्ट बि.सं. १८५० देखि रामसाई, गोलसाई,भार्लांगे र जिर्मले जातका अलैंचीको खेती हुँदै आएको छ । यस्तै डम्बरसाई जातको अलैंची भने ईलाम लगायतका जिल्लामा समुद्रि सतहदेखि ६ सय मिटर देखि एक हजार दुई सय मिटरको उचाईसम्मको जमिनमा खेती हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);