अलैंची खेतीबाट मनग्ये आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

अलैंची खेतीबाट मनग्ये आम्दानी

alaichi

टिका खतिवडा
इलाम, २३ बैशाख । झापाको पूर्वोत्तर क्षेत्रका कृषकले अलैंची खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष अलैंची खेतीबाट आम्दानी बढेपछि कृषकहरु यो खेतीतर्फ आकर्षित भएका हुन् ।

झापाको जिर्मले, सलकपुर, बाहुनडाँगी, सिरानलगायत क्षेत्रमा अलैंचीको व्यावसायिक खेती गरिँदै आएको छ । अलैंची प्रतिकिलो बढीमा २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । मेचीनगर १ का कृषक मदनकुमार तामाङ्ग एक रोपनी क्षेत्रमा लगाएको टोल जातको अलैचीबाट हरेक बर्ष आफूले ८ लाख रुपैयाँसम्म फाइदा गरेको बताउँछन् ।

पहाडी खोलाखोल्सी र ओसिलो जमिनमा उत्पादन हुने अलैंचीलाई किसानहरु ‘कालो हिरा’ भन्छन् । किनकी, यसबाट उनीहरु राम्रो आम्दान गर्न सफल भएका छन् । यद्यपि, आफूहरुलाई सरकारीस्तरबाट कार्यक्रम संचालन गरी उत्पादन र प्रविधिबारे जानकारी गराउनुपर्ने उनीहरुको भनाइ छ । केही वर्षयता अलैंचीको व्यवसायीक खेतीमा लाग्नुभएका कृषक प्रेमकुमार तामाङ्ग सरकारले बिउको उचित ब्यवस्थापन गरिदिए उत्पादन अझै बढ्ने बताउँछन् ।

एकमन (४० किलो) को मूल्य ८० देखि ९५ हजार रुपियाँ पुग्ने गरेको छ । नेपालमा उत्पादित अलैंची भारतको दिल्ली भएर खाडी मुलुकतर्फ निर्यात हुने गरेको छ । नेपलाका ३७ जिल्लामा अलैंची खेतीको सम्भावना रहेपनि अहिलेसम्म पूर्वका १० जिल्लामा मात्रै यो खेती सीमित छ । अलैची उत्पादनमा इलाम, ताप्लेजुङ, सङखुवासभा, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्ला अब्बल मानिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);