कृषि क्षेत्रको सुधारका लागि ५८ बुँदे मार्गचित्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कृषि क्षेत्रको सुधारका लागि ५८ बुँदे मार्गचित्र सार्वजनिक

chakra pani khanal

काठमाडौं, २३ बैशाख । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ५८ बुँदे कृषि सुधार मार्गचित्र सार्वजनिक गरेको छ ।

आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको सुधारका लागि आवश्यक ५८ बुँदे मार्गचित्र सार्वजनिक गरेका हुन् । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न मार्गचित्र तय गरिएको मन्त्री खनालले बताए ।

मार्ग चित्रमा खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको सुनिश्चितताका लागि मुलुकको संघीय शासन संरचना अनुकूल हुनेगरी आवश्यक नीति तथा ऐनको तर्जुमा गरिने उल्लेख छ । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि, पशुपंक्षी क्षेत्रबाट सञ्चालित अन्य परियोजना तथा कार्यक्रमका दस्तावेजहरुको समायानुकूल परिमार्जन गरिनेछ ।

मन्त्री खनालले कृषि उपजको व्यवस्थित भण्डारणका लागि ७ वटै प्रदेशमा सार्वजनिक–निजी–सहकारी क्षेत्रको सहभागितामा कम्तिमा १ लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने बताए । कृषि उत्पादन वृद्धिका लागि सघन कृषि विकास कार्यक्रम संचालन गरिने, भूगोल सुहाउँदो कृषि यान्त्रिकीकरण गर्ने, सबै स्थानीय तहको माटोको उर्वराशक्ति नक्सा तयार परेर मात्रै खेती गर्ने मार्गचित्रमा उल्लेख छ ।

त्यस्तै निर्यातयोग्य बस्तुहरुको गुणस्तरीयता प्रवद्र्धन गर्न एग्रीडिटेड प्रयोगशाला स्थापना गर्ने भन्सार विन्दुहरुको स्तरोन्नति गर्ने जग्गा धनी र मोहीबीचको दोहोरो स्वामित्वसम्बन्धि समस्या समाधान गर्ने लगायतका बुँदा मार्गचित्रमा समावेश छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);