दुई मन्त्रालयको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

दुई मन्त्रालयको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको आवश्यक्ता अनुसार कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा तीव्रता दिन पनि दुवै मन्त्रालयलाई निर्देशन दिए । आईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको ‘वर्तमान अवस्था र भावी सोच’बारे छलफल गर्दै उनले कृषि उत्पादन र भूमि व्यवस्थापनको काममा आवश्यक्ता अनुसार प्रगति नभएको भन्दै चिन्ता पनि व्यक्त गरे ।

‘केही नभएको होईन तर हाम्रो प्रगति आवश्यक्ता अनुरुप हुन सकेन । कृषि उत्पादन र भूमि व्यवस्थापनको प्रगति, उन्नति र विकास तीव्र गतिका साथ अघि बढाउनु पर्दछ ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले कृषि उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले आधुनिक प्रविधि भित्र्याएर कृषि उत्पादन वृद्धि गर्न सहकारीसँग सहकार्य गरेर अघि बढ्न पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले मुलुकका खाद्य अभाव नरहेको दावी समेत गरेका छन् । मुलुकमा खेर फाल्ने चलन भएकाले मात्रै खाद्य अभाव देखिएको प्रधानमन्त्री ओलीको बुझाई छ । प्रधानमन्त्री ओलीले खाद्य बस्तुलाई खेर जान नदिने गरी समुचित व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आ–आफ्ना मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);