कार्य सम्पादनको गति बढाउन मन्त्रालयलाई प्रधानमन्त्रीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कार्य सम्पादनको गति बढाउन मन्त्रालयलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादनको गति बढाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कार्य सम्पादन गर्दा आदेश तामेलीको भर नपर्न पनि मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गराएका छन् ।

बिहीबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि आदेश तामेली नभई विधिमा भर परेर कार्य सम्पादनको गति बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

आदेश तामेलीमा भर नपरी विधिसम्मत ढंगले कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रालयहरुलाई निर्देशन दिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस अवसर प्रधानमन्त्री ओलीले लक्ष्य अनुसार कार्य सम्पादन नगरेका मन्त्रालयहरुलाई दोस्रो चौमासिक समिक्षा बैठकमा उल्लेख्य कार्य प्रगति गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले अन्तर मन्त्रालय समन्वयमा जोड दिन तथा संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयलाई अझै सशक्त बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रधानमन्त्रीले सरकार एक्लैले अघि बढाउन नसक्ने कतिपय विकास आयोजनाको कामलाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको अर्थमन्त्री खतिवडाले बताए ।

प्रधानमन्त्री ओलीले बुधबारबाट मन्त्रालयहरुको कार्य प्रगति विवरणको समिक्षा गर्न सुरु गरेका हुन् । उनले बाँकी मन्त्रालयको कार्य प्रगति विवरणको समिक्षा आईतबार गर्ने योजना बनाएका छन् । बिहीबारको समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगति विवरण निराशाजनक भने नरहेको टिप्पणी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);