लमजुङको मर्स्याङदी नदिमा जल खेलकुद प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लमजुङको मर्स्याङदी नदिमा जल खेलकुद प्रतियोगिता हुने

काठमाडौं, ६ मंसिर । मर्स्याङदी नदिमा ‘जल खेलकुद प्रतियोगिता’ आयोजना हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी शनिबार, आईतबार र सोमबार लमजुङस्थित मर्स्याङदी नदिमा जलखेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ नाम दिइएको सो जल खेलकुद प्रतियोगिता ‘नेपाल पर्यटन वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा ४ सय जना सहभागी हुनेछन । प्रतियागितामा तीन वटा खेल संचालन हुनेछ । जस अनुसार कायक डाउन रिभर रेसमा प्रथम हुनेलाई ५० हजार, दुइतीय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार नगदसहितको पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी एक्ट्रिम कायक स्लालोम र बोटर क्रस गेममा प्रथम हुनेलाई ५० हजार, दुइतिय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार नगदसहितको पुरस्कारको व्यवस्था गरिएको पनि महासचिव अधिकारीले बताए । प्रतियोगिताका लागि ४९ लाख ४२ हजार बजेट लाग्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);