सप्तरीमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सप्तरीमा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुँदै

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका- ६ मा बुधबारदेखि तेस्रो संस्करणको प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

युवा शक्ति क्लब विष्णुपुर सप्तरीको आयोजना तथा सप्तरी क्रिकेट संघको सहकार्यमा हुन लागेको यस प्रतियोगितामा प्रदेश १ र २ का टिम सहभागी हुने राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष रवीन्द्र यादवले जानकारी दिएका छन् ।

प्रतियोगितामा लाग्ने कुल अनुमानित १५ लाख रुपैयाँ विष्णुपुर गाउँपालिका र अन्य स्थानीय तहहरूले सहयोग गरेको क्लबका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए । प्रदेश का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने गुप्ताले जानकारी दिए । उनले भने, ‘पहिलो दिन लहान क्रिकेट क्लब सिरहा र फूलबारी क्रिकेट क्लब फूलबारीबीच प्रतिस्पर्धा हुनेछ ।’

१० दिनसम्म चल्ने खेलमा प्रदेश १ र २ का १६ वटा टिम सहभागी हुने भएका छन् । खेलमा प्रथम हुने टिमलाई एक लाख र द्वितीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार तथा शिल्ड प्रदान गरिने कोषाध्यक्ष गुप्ताले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);