रुपन्देही सुपर लिग क्रिकेट पुस २५ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुपन्देही सुपर लिग क्रिकेट पुस २५ गतेदेखि

Cricket

रुपन्देही, १९ पुस । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता पुस २५ गतेबाट माघ १८ गते सम्म आयोजना हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा डिभिजन ’ए’ का ८ र ’बी’ का १२ गरी २० टिमको सहभागिता रहनेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा ए डिभिजनका लुम्बिनी खुकुरी क्रिकेट क्लब, बुटवल ११, देवदह क्रिकेट युनिट, तिरुपति क्रिकेट क्लब, वेस्टर्न क्रिकेट क्लब, साई ग्लोबल क्रिकेट क्लब, श्री शिवशक्ति क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लब रहेका छन् ।

त्यसै गरी बी डिभिजनका स्टार क्रिकेट क्लब, न्यू होराइजन क्रिकेट क्लब, प्रोफेशनल मास्टर्श–११, बुटवल राईनोज, मतकोलवा स्पोर्टस क्लब, बुटवल युथ स्पोर्टस क्लब, ज्ञानोदय क्रिकेट क्लब, लुम्बिनी कासाई क्रिकेट क्लब, सियारी क्रिकेट क्लब, बुटवल युथ स्पोर्टस्, गोलपार्क क्रिकेट क्लब र बुद्ध क्रिक्रेट क्लब रहेका छन् ।

सुरुवातमा डिभिजन बी का क्लबबीच नकआउट प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेताले ८० हजार रूपैयाँ र उपविजेता टिमले ४० हजार र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले १५ हजार पाउँदा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटसम्यानले जनही ५-५ हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);