रुपन्देही सुपरलिग ए डिभिजन: तिरुपति क्रिकेट क्लब ६ विकेटले विजयी   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुपन्देही सुपरलिग ए डिभिजन: तिरुपति क्रिकेट क्लब ६ विकेटले विजयी  

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा शुक्रबार तिरुपति क्रिकेट क्लब विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै तिरुपति क्लबले जित निकालेको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर व्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ४ ओभरमा ७८ रन बनाएको थियो । सबै विकेटको क्षतिमा टिमका लागि जगतबहादुर क्षेत्रीले सार्वधिक १५ रन, विराट भण्डारीले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङतर्फ तिरुपतिका रौनक श्रीवाीस्तवले चार, अभिषेक गौतमले तीन विकेट लिए । 

७९ रनको झिनो लक्ष्य पाएको तिरुपतिले जवाफी ब्याटिङमा १६ दशामलव ४ ओभरमा लक्ष्य पार गर्दैै जित निकाल्यो । चार विकेट गुमाउँदै तिरुपतिले जित निकाल्यो । जसका लागि बशिर अहमदले अविजित १८, सुशान्तसिंह थापाले १७ र अजय कौशिल्ययाले १६ रनको योग्दान गरे । बलिङतर्फ शंकरनगरमा सन्तोस खत्रीले तीन र विशालविक्रम केसीले एक विकेट लिए । 

शुक्रबारको खेलमा तिरुपतिका रौनक श्रीवास्तव म्यान अफ द म्याचबाट पुरस्कृत भए । सोमबार  डिभिजन एअन्तर्गतको खेल बुद्ध क्रिकेट क्लब र बुटवल ११ बीच हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच प्रतिस्पर्धा लिग खेलाइँदै छ । लिगमा उत्कृष्ट हुने चार टि बीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्धा हुने सचिव गुरुङले बताए ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही पाँच÷पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);