श्रीलंका पुलिसविरुद्ध नेपालको आक्रमक ब्याटिङ, तीन खेलाडीको अर्धसतक  | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

श्रीलंका पुलिसविरुद्ध नेपालको आक्रमक ब्याटिङ, तीन खेलाडीको अर्धसतक 

काठमाडौं । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार तेस्रो खेलमा अहिले श्रीलंका पुलिसको सामना गरिरहेको छ । अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कप्तान सन्दीप लामिछानेले टस जितेसँगै ब्याटिङमा आएको नेपालले आक्रमक सुरुवात गरेको छ । जहाँ नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरिसकेका छन् । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल हालसम्म अर्धसतक पूरा गरेका छन् ।  

जारी खेलमा नेपालले ३७ ओभर जारी रहँदा ६ विकेट गुमाएर २२३ रन जोडेको छ । कुशलले ५७ रन बनाउँदा आसिफले ५२ रन बनाए । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ६९ रन बनाएर खेलिरहेका छन् । अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);