गण्डकी जुडो संघको तदर्थ समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गण्डकी जुडो संघको तदर्थ समिति गठन

पोखरा । पोखरामा गण्डकी जुडो संघको तदर्थ समिति गठन भएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको एक भेलाले २०७१ सालमा स्थापना भएको कास्की जुडो संघलाईको नाम परिवर्तन गरि गण्डकी जुडो संघ राखिएको गण्डकी जुडो संघका सचिव निरज पन्तले जानकारी दिए ।

रुद्र मल्लको अध्यक्षतामा गण्डकी जुडो संघको तदर्थ समिति गठन गरीएको हो । संघको उपाध्यक्षमा दिल जैशी , पद्मा छन्त्याल , सचिवमा निरज पन्त , सह–सचिबमा सरिता गुरुङ , सदस्यहरु यादब गौतम , सुजन श्रेष्ठ , बिक्रम पुन , किसल्या शाह , प्रनिशा सिल्वाल, साहिद अलि मिया , चदनी रन्जित र सुमन्त छेत्रीलाई चयन गरिएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै गण्डकी प्रदेश खेलकुद संघका सदस्य तेज बहादुर गुरुङले नेपालको बनावट संग मिल्ने भएको ले जुडो खेल लाई प्रमुख स्थानमा राख्न जरुरी रहेको बताए । खेल क्षेत्र देशको लागि गौरब को बिषय हो, खेलकुदको मध्यम बाट पनि देशलाइ विश्वभर चिनाउन सकिने भन्दै कार्यसमिति गठन गर्ने भन्दा पनि व्यवस्थित बनाउनतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

त्यसैगरी जुडोका वरिष्ठ गुरु होम थापाले आफुले लामो समय जुडोमा रहेको र आफुले २०४० साल श्रावन ११ गते देखि जुडो खेल्न सुरु गरेको बताए । उनले जुडोको परिभाषा बुजाउदै आफुले धेरै खेल खेलेको र एशियामा पनि आफुले खेल खेलेको जनकारी दिए ।

कार्यक्रममा जुडो एसोसिएसनका चिपकोच बिरेन्द्र रन्जित, संघका उपाध्यक्ष पद्मा छयान्तल, र कास्की जुडो संघका उपाध्यक्ष दिल जैशिले शुभकामना मन्तव्य राखेका थिए । संघका अध्यक्ष रुद्र मल्लको अध्यक्षता संघका सदस्य यादब पोख्रेलको स्वागत र संघका सचिव निरज पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष मल्लले गण्डकी जुडो संघलाई व्यक्तिगत रुपमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);