डिभिजन ए मा बुद्ध क्रिकेट क्लब विजयी  | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डिभिजन ए मा बुद्ध क्रिकेट क्लब विजयी 

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको सोमाबरको खेल बुटवल ११ क्रिकेट क्लबलाई सात विकेटले पराजित गर्दै बुद्धले जित निकालेको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । जसका लागि सार्वधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ बुद्धका विपीन खत्रीले पाँच, अमित अग्रहरीले चार र सुभास भण्डारीले एक विकेट लिए ।

५४ रनको लक्ष्य पाएको बुद्धले जवाफी ब्याटिङमा ८ दशमलव ४ ओभरमै लक्ष्य पार गर्दै जित निकाल्यो । झिनो लक्ष्य पाएको बुद्धले तीन विकेटको क्षतिमा सहजै जित निकालेको हो । जितका लागि सुरज पौडेलले १७, अजय त्रिपाठीले ११ र विपीन रावलले नौ रन बनाए  । बलिङतर्फ इसान पाण्डे एक्लैले तीन विकेट लिए पनि टिमले जित निकाल्न सकेन । 

सोमबारको खेलमा विपीन खत्री म्यान अफ द म्याचबाट पुरस्कृत भए । डिभिजन ए अन्तर्गतको मंगलबारको खेल न्यु होराइजन क्रिकेट क्लब र देवदह क्रिकेट युनिटबीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने चार टिमबीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);