प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरीको लगातार दोश्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्र प्रहरीको लगातार दोश्रो जित

प्रधानमन्त्री कप क्रिकेट

सशस्त्रद्वारा सुदूरपश्चिम प्रदेश ३ बिकेटले पराजित

काठमाडौं, १३ जेठ । विभागिय टिम सशस्त्र प्रहरीको (एपीएफ)ले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

सोमवार भएको समूहको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गर्दै दोश्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ ओभर एक बलमा सबै विकेट गुमाउँदै १सय २५ रन बनायो ।

जवाफमा एपीएफले ३४ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । यसैगरी आइतवार नै भएको अर्काे खेलमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रतियोगितामा पहिलो जित निकालेको छ ।

खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश पाँच ४२ ओभरमा १ सय २२ रनमा अलआउट भयो । जवाफमा प्रदेश तीनले २१ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);