प्रधानमन्त्री कप पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कप पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबारको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश १ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । प्रदेश १ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए ।

प्रदेश १ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ,दिपेश कँडेल र शुभंकर उराले १–१ विकेट लिए । योखेलमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४० दशमलव १ ओभरमा १ सय ३१ रन बनाउदा सबै विकेट गुमायो । प्रदेश १ का विवेक मेहताले ५० रन बनाए । आर्मीका शाहब आलमले ४ र आकाश चन्दले ३ विकेट लिए । लगातार तेस्रो जितसंगै ३ खेलमा ६ अंक जोडेर आर्मी समूह ’ए’ बाट सेमिफाइनल नजिक पुगेको छ ।

बुधबार नै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ । सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

पुलिसको जितमा सुनिल धमलाले ५३ र कुशल भुर्तेलले अविजित ५१ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४–४ विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);