प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको पहिलो जित

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

पुलिसको जितमा सुनिल धमलाले ५३ र कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४–४ विकेट लिए । समूह ’बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);