राष्ट्रिय महिला फुटबल लिगमा आर्मी र पुलिसको बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय महिला फुटबल लिगमा आर्मी र पुलिसको बराबरी

काठमाडौं, ७ माघ । बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए ।

कोरोना महामारी पछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् । यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छिन् । उनले यु–१९ महिला फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।

विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालन हुँदै छ ।

प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै बेस्ट प्लेयर अफ दी लिगले स्कुटर प्राप्त गर्नेछन्।

अघिल्लो वर्ष चैत ३ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो । प्रतियोगितामा बिहीबार पहिलो खेल एन्फा कम्पेक्समा एपिएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);