सन्दीप लामिछानेसँगको अनुबन्धन नलम्ब्याउने दिल्लीको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन्दीप लामिछानेसँगको अनुबन्धन नलम्ब्याउने दिल्लीको निर्णय

sandeep lamichane-ipl

काठमाडौं, ७ माघ । आइपीएल टोली दिल्ली क्यापिटल्सले स्टार लेग स्पिनर सन्दीप लामिछानेसँगको अनुबन्धन नलम्ब्याउने निर्णय गरेको छ । भारतीय फ्रान्चाइज लिगमा सन्दीपलाई डेब्यू गर्ने अवसर दिएको दिल्लीले तीनवर्षपछि अनुबन्धन नलम्ब्याउने निर्णय गरेको हो ।

सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए । सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए । पछिल्लो सिजनमा भने सन्दीपले एउटा पनि खेल खेल्ने अवसर पाएका थिएनन् ।

सन्दीपले आगामी सिजनमा आईपीएल खेल्नका लागि ड्राफ्टमा पर्दै पुनः अक्सनमा समावेश हुनुपर्नेछ । आगामी सिजनको अक्सन फेब्रुअरी ११ मा हुने तय छ ।

आईपीएल आयोजकले टोलीमै राख्ने र रिलिज गर्नका लागि बुधबारसम्मको मिति दिएको थियो । सोही अनुरुप दिल्लीले सन्दीपसँगको अनुबन्धन टुंग्याएको हो । अनुबन्धन नटुंग्याएको भए सन्दीपसँग नयाँ मूल्यमा सम्झौता गर्नुपर्ने अवस्था थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);