विश्वको ध्यान खिचेर स्वदेश फर्किए सन्दीप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वको ध्यान खिचेर स्वदेश फर्किए सन्दीप

काठमाडाैं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल) को यो सिजनमा तीनवटा मात्र खेल खेल्न पाए पनि विश्वको ध्यान खिचेका सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आयोजित पत्रकार सम्मेलनमा सन्दीपले आफ्नो दिल्लीयात्रा अविष्मरणीय भएको बताए । उनले आइपीएलका केही अनुभव पनि सुनाए

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सन्दीपले ठूल्ठूला खेलाडीसँग खेले पनि नामसँग आफू कहिल्यै ‘डाउन’ नभएको बताए । हुन पनि उनको प्रदर्शन कुनै विश्वचर्चित खेलाडीभन्दा कम थिएन । आइपिएलका व्यक्तिगत ३ खेलमध्ये आफ्नो अन्तिम खेल सबैभन्दा उत्कृष्ट रहेको सन्दीपले बताए । श्रेएस एयरले उत्कृष्ट कप्तानी निभाएपनि आफ्ना लागि पारस खड्काको कप्तानी नै उत्कृष्ट रहेको उनले सुनाए ।

सन्दीपले आगामी सिजनमा आफ्ना नेपाली सहकर्मी खेलाडीलाई देख्न पाउँ भन्दै नेपालमा धेरै सिनियर खेलाडी भएको बताए । आगामी मे ३१ मा वेस्ट इन्डिजसँग हुन लागेको नेपालसँगको प्रतिष्पर्धामा राष्ट्रिय टोलीलाई फेरि गर्व गर्न लायक बनोउने गरी खेल्ने उनले बताए ।

आइपीएलबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको र यो नेपाली क्रिकेटका लागि धेरै ठूलो कुरा भएको उनको भनाइ थियो । नेपाली क्रिकेटलाई अझै उचाइमा लैजान र खेलाडीलाई विश्व मैदानम उतार्न नेपाली क्रिकेटका पदाधिकारी जिम्मेवार हुनुपर्ने र खेललाई गति दिनुपर्ने सन्दीपले बताए ।

सन्दीपलाई विमानस्थलमा स्वागत गर्न पुगेका समर्थकले आइपीएलमार्फत सन्दीपले नेपाल क्रिकेटरहरुको देश हो भन्ने सन्देश प्रवाह गरेको बताए । विमानस्थलमा उनको स्वागतका लागि क्रिकेटका पदाधिकारीहरुसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललगायत विमानस्थल पुगेका थिए । सन्दीपले आइपिएलमा डेल्ली डेयर डेभिल्सका लागि ३ खेलमा ५ विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);