आज सन्दीप रहेको टीम मेलबर्न स्टार्स र मेलवर्न रिनेगाडेसबीच प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज सन्दीप रहेको टीम मेलबर्न स्टार्स र मेलवर्न रिनेगाडेसबीच प्रतिस्पर्धा

sandeep lamichhane

काठमाडौं, १७ पौष । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा आज चौथो खेल खेलीरहेका छन ।

अष्ट्रृलियाको मेलबर्न क्रिकेट मैदानमा केहीबेर अघि शुरु भएको खेलमा सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए । सन्दीपले आजको खेल भने कस्तो खेल्छन भन्ने उत्सुकता खेल प्रेमीमा रहेको छ ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्ससविरुद्ध पनि दुई विकेट लिएका थिए । तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);