अष्ट्रेलियन बिग बास लिगमा सन्दिपले लिए चार खेलमा आठ विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अष्ट्रेलियन बिग बास लिगमा सन्दिपले लिए चार खेलमा आठ विकेट

काठमाडौं, १७ पुस । नेपाली युवा स्पिनर सन्दिप लामिछाने अष्ट्रेलिएन बिग बास लिग (बीबीएल) मा चम्किएका छन् । चार खेलमा चार क्याप्टेन आउट गर्दै पेभिलिएन पठाएका सन्दीपको खातामा आठ विकेट परिसकेको छ ।

उनी सबैभन्दा धेरै विकेट लिएर लिगकै प्रमुख आकर्षण बनेका छन् । लिगमा प्रवेश गरेदेखि नै धेरै प्रतिक्षाका साथ हेरिएका सन्दीपले पहिलो खेलमै दुई विकेट लिएर आफूलाई अव्वल सावित गरेका थिए ।

त्यस यता लगातार खेलमा जम्न सफल सन्दीपले प्रत्येक खेलमा विपक्षी टिमका क्याप्टेनलाई आउट गर्न सफल भएपछि उनको लोकप्रियता अष्ट्रेलियामा समेत चुलिएको छ । कम उमेरमै अन्तर्राष्ट्रिय रुपमै लोकप्रिय लिगका लागि भारतको डिल्लि डेरडेभिल्समा आवद्ध भएका सन्दीप त्यसवेला देखि नै अन्तर्राष्ट्रिय रुपमै खेल क्षेत्रको जिज्ञासाका केन्द्र बनेका थिए ।

अष्ट्रेलियन बिग बास लिगमा मेलवर्न स्टार्सका तर्फबाट खेलिरहेका सन्दीपको धेरै चर्चा भइरहेको छ । पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध खेलेका सन्दिपले दोस्रो खेलमा होवार्ट हुरिक्यानेस विरुद्ध खेलेका थिए ।

तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध खेलेका उनलले मंगलवार चौथो खेल मेलवर्न रिनेगाडेससँग खेलेका हुन् । उनले हरेक खेलमा विपक्षी टिमका क्याप्टेनलाई आउट पेभिलिएन फर्काइरहेका छन् । मंगलवार भएको खेलमा उनले खेल्दै आएको मेलबर्न स्टार्सले जीत हात पारेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);