बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछाने आज दोस्रो खेल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बंगलादेश प्रिमियर लिगमा सन्दिप लामिछाने आज दोस्रो खेल खेल्दै

sandeep bpl

काठमाडौं, २५ पुस । नेपाली स्टार स्पिनर सन्दिप लामिछानेको टिम सिलेट सिक्सर्सले वुधवार बंगलादेश प्रिमियर लिगमा दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा उत्कृष्ट बलिङ गरेर दुई विकेट लिएका सन्दिप वुधवारपनि टिममा पर्ने संभावना रहेको छ । अष्ट्रेलियामा जारी बिग बास लिगमा चार खेले खेलेर तहल्का मच्चाएका सन्दिपले बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाएका थिए । जसमा उनलाई टिमले पहिलो खेलमा नै डेब्यु गर्ने मौका दिएको थियो । सन्दिपले पनि त्यो मौकालाई पुर्ण रुपमा सदुपयोग गर्दै चार ओभरमा १६ रन दिएर २ विकेट लिन सफल भए ।

अब उनको टिमले वुधवार चिटगउ भिकिंग्स विरुद्ध खेल्नेछ । मुस्फिकुर रहिमको कप्तानीमा रहेको सो टिममा प्राय माहेम्मद सहजाद, रोन्ची, सिकन्दर राजा सब्बिर रहमान जस्ता खेलाडी रहेका छन । पहिलो खेलमा साहिद अफ्रिदीको कप्तानीमा रहेको कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको सिलेटलाई आजको खेल जित्नैपर्ने हुनसक्छ ।

पहिलो खेलमा राम्रो गरेका कारण पनि सन्दिप भोलीको खेलमा टिममा पर्नसक्नेछन । टिममा सन्दिप र अनुभवी इमरान ताहिर मध्य एक खेलाडीलाई प्लेइङ सेटमा राख्नुपर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);