थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा

काठमाडाैं, ११ चैत । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोल किपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेकाहुन् ।

गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिड फिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिषलामा, सन्तोष तामाङ भने टिमबाट बाहिरिएका छन् । टिमबाट बाहिरिने अन्य खेलाडीमा गोलकिपर विशालश्रेष्ठ, विशाल सुनार, डिफेन्डर पाल्साङ लामा, सुरज बिक, विकास खवास, हेमन्त थापा मगर रहेका छन् ।

सन्यासको संघारमा रहेकापूर्व कप्तानविराजमहर्जन एक वर्षपछि टिममा पुनरागमन गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू–२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपालले बिहीबार पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेश बीचको खेल चैत १४ गते हुनेछ ।राउण्ड रोबिनको आधारमाहुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।फाइनल खेल चैत १६ गते हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);