नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी

काठमाडाैं, २२ चैत । कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको जनाएको छ ।

अलमुताइरीले आगामी जुन महिनामा हुने विश्वकप छनोटका तीन खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछ । उनलाई हालको लागि एक वर्षको लागि जिम्मेवारी बताएको छ ।

अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएको हो । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

एफसी कोचिङ इन्सट्रक्टर समेत रहएका अलमुताइरी कतार फुटबल संघको सहयोगमा थ्री नेसन्स कप अगाडि नै नेपाल आइपुगेको थियो । उनले यसअघि कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिमलाई प्रशिक्षण दिइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);