नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीकोे बन्द प्रशिक्षण स्थगित भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीकोे बिहीबारदेखि हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको अखिल नेपाल फुटबल संघले जनाएको हो । एन्फाले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै अहिलेलाई बन्द प्रशिक्षण स्थगित भएको जनाएको हो ।

प्रशिक्षण प्राविधिक कारणले स्थगित भएको जनाइएको छ । नेपाली फुटबल टोलीले बंगलादेशमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षण शुरु गर्न लागेको हो ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडी छनोट गरेका छन् । विश्वकप तथा एशियन च्याम्पियनसिपका लागि शुरुवाती टिममा रहेका ३२ खेलाडीमा थप गर्दै उनले ५० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);