नेपाल र बंगलादेशबीच दुई वटा मैत्रीपूर्ण फुटबल खेलको मिति तय | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

नेपाल र बंगलादेशबीच दुई वटा मैत्रीपूर्ण फुटबल खेलको मिति तय

anfa election

काठमाडौं, ५ कार्तिक । नेपाल र बंगलादेशबीच हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी कात्तिक २८ र मंसिर २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरिने तय भएको हो ।

बंगलादेश फुटबल फेडेरेसनले खेलको मिति तय गर्दै प्रारम्भिक टिम समेत घोषणा गरेको हो । बंगलादेशले नेपालविरुद्धको खेलका लागि पहिलो चरणको प्रशिक्षणमा ३६ जना खेलाडीलाई बोलाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एकसाता अघि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गर्न अनुमति पाएको थियो।

तर एन्फाले नेपाली टिमको अभ्यास दसैं बिदापछि मात्र सुरु गर्ने जनाएको छ। गत चैत महिनादेखि बन्द भएको प्रशिक्षण यसअघि भदौ १ गतेदेखि खुला गर्ने सरकारले निर्णय गरेको थियो।

तर काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो। एन्फाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दसैंबिदा सकिएपछि मैत्रीपूर्ण खेलका लागि अभ्यास सुरु गर्नेछ।

Leave a Reply