आईपीएल टी–ट्वान्टी रोयल च्यालेन्जर्स बैंगलोरसँग ८ विकेटले कोलकत्ता नाइट राइडर्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

आईपीएल टी–ट्वान्टी रोयल च्यालेन्जर्स बैंगलोरसँग ८ विकेटले कोलकत्ता नाइट राइडर्स पराजित

एजेन्सी, ६ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं जित निकालेको छ ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।

कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बैंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६, गुर्किरात सिंह २१ र कप्तान विराट कोहलीले १८ रन बनाए । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो । कलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । त्यस्तै लक्की फर्गुसनले १९, कुलदिप यादबले १२, टम बानटनले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कलकत्तालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । योसँगै बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);