आईपीएल : बैंगलोरसँग कोलकत्ता पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आईपीएल : बैंगलोरसँग कोलकत्ता पराजित

एजेन्सी , २७ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ ।
सारजाहमा क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६-१६ रन बनाए ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २-२ विकेट लिए । यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक-एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३, आरोन फिन्चले ४७, देवदुत पडीक्कलले ३२ तथा कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १-१ विकेट लिए । योसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);