नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा नहुने

काठमाडौं, २६ असोज । नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा नहुने भएको छ । क्यानका शिर्ष दुई पदाधिकारी अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भएर पुर्ण निको नभईसकेकाले यहि असोज २८ र २९ गतेका लागि तय भएको क्यानको साधारणसभा नहुने भएको हो । यो विषयमा आइसीसीलाई पनि जानकारी दिइसकेको बताइएको छ । अहिलेको अवस्थामा भर्चुअलमा पनि साधारण सभा गर्न कठिन भएको क्यानको ठम्याई छ ।

क्यानले कार्यसमितीको बैठकबाट असोजको २८ र २९ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । निर्णयमा सके सबै भेला भएर र नभएमा भर्चुअलमा गर्ने भनिएको थियो । तर त्यो बैठकबाट फर्किए लगत्तै अध्यक्ष चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना पोजेटिभ भएको थियो । सचिव प्याकुरेल अहिलेपनि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

अब क्यानले बार्षिक साधारण सभा अर्काे महिना गर्र्ने निर्णय गरेको छ । करिव चार बर्ष आइसीसीको निलम्बनमा परेको क्यानको नयाँ कार्यसमिती आएपछि सर्त अनुसार नेपाली क्रिकेटलाई आंशिक फुकुवा गरेको थियो । त्यो बेला आइसीसीले क्यानलाई मुख्य गरि तीन वटा सर्त राखेको थियो । त्यसमा कार्यालय ब्यवस्थापन, बार्षिक साधारण सभा र आर्थिक पारदर्शिता लगायतका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);