उच्च अदालत बार एशोसियशन नेपालगन्जको तेश्रो बार्षिक साधारण सभा शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

उच्च अदालत बार एशोसियशन नेपालगन्जको तेश्रो बार्षिक साधारण सभा शुरु

बाके, १ फागुन । उच्च अदालत बार एशोसियशन नेपालगन्जको तेश्रो बार्षिक साधारण सभा शुरु भएको छ । उद्घाटन कार्यक्रममा नेपाल बार एसोसिएसनका उच्च अदालत दाङ तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षितले न्यायपूर्ण समाज स्थापनाका लागि न्यायमूर्तिहरु सक्षम र कटिबद्ध रहेको बताउनुभएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष मीन बहादुर महत, बाँके जिल्ला अदालतका न्यायाधीश षडानन्द तिवारी, वरिष्ठ अधिबक्ता गिरिवर प्रसाद अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा।धवल शमशेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष जनक बहादुर शाही, बर्दिया जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष काशीराम चौधरी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्ज प्रमुख आनन्द सुवेदी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी द्वारिका अधिकारीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);