इटहरीमा २६औं जनयुद्ध दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

इटहरीमा २६औं जनयुद्ध दिवस मनाइयो

सुनसरी, १ फागुन । जनयुद्धमा आमाबाबु गुमाएका अपागंता भएका परिवारका सन्ततीहरुलाई मावि तह सम्म मात्र नभएर उच्च शिक्षा सम्म पनि निःशुल्क पढाइनु पर्ने नेकपा दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन ।

२६औं जनयुद्ध दिवसको अवसर पारेर सुनसरीको इटहरी १९ भवानीपुरमा रहेको शहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शहिद ,वेपत्ता , अपागंता भएकाहरुका सन्ततीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका हुन ।

शहिद स्मृति आवासिय माविका अध्यक्ष मणीराम गिरीको अध्यक्षतामा भएको जनयुद्ध दिवस समारोहका अन्य वक्ताहरुले समेत जनयुद्धका समयमा महत्वपुर्ण योगदान पुर्याउने शहिद ,बेपत्ता तथा अपागंता भएकाहरुको योगदानको मुल्याँकन गर्दै राज्यले उनीहरुका सन्ततीहरुलाई संरक्षण गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेकपा नेता वर्षमान पुन ,भीम आचार्य , रामकुमारी चौधरी लगायतले बोलेका थिए । जनयुद्ध र शहिद ,वेपत्ता र अपागंता भएकाहरुको योगदानका विषयमा चर्चा गरेका थिए ।

Leave a Reply

ताजा समाचार