शहीदले देखाएको बाटोबाटै सरकार अघि बढ्छ : गृहमन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शहीदले देखाएको बाटोबाटै सरकार अघि बढ्छ : गृहमन्त्री थापा

sahid dil bahadur-grihamantri thapa

काठमाडौं, १४ फागुन । गृहमन्त्री रामबहादुर थापाले शहीदहरुले देखाएको बाटोबाटै सरकार अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार राजधानीमा आयोजित माओवादी जनयुद्ध कालका प्रथम शहिद दिलबहादुर सम्तेलको स्मृतिमा आयोजित कार्यक्रममा उहाँले सहीदहरुको बलिदानी पूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरे ।

गृहमन्त्री थापाले शहीदले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन सबैलाई आग्रह गरे । उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा समेत जोड दिए ।

गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पु¥याएको योगदानको प्रशंशा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);