भरतपुर महानगरमा भएको भ्रष्टाचार विरुद्ध बोल्दा ज्यान मार्ने धम्की आयो : उपमेयर शाह | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

भरतपुर महानगरमा भएको भ्रष्टाचार विरुद्ध बोल्दा ज्यान मार्ने धम्की आयो : उपमेयर शाह

renu dahal-parbati shah

काठमाडौं, १४ फागुन । भरतपुर महानगरपालिका भित्र मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह ठकुरीबीचको विवाद सतहमा आएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले मंगलबार काडमाडौंमै पत्रकार सम्मेलन गरी महानगरभित्र चरम भष्टाचार भएको समेत दाबी गरिन् ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्र चरम भष्टाचार भएको दाबी गरेकी छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उपप्रमुख शाहले महानगरले खरिद विक्रिका काममा विधि र प्रक्रिया मिचेको, अनुगमन प्रभावकारी नभएको, सरकारी सवारी साधनको जथाभावी प्रयोग हुने गरेको समेत आरोप लगाईन् ।

त्यसैगरी उपमेयर शाहले महानगरमा भएका अनियमितता, कर्मचारी माथि हुने गरेको विभेद विषयमा १२ बुँदेफेयरिस्त समेत प्रस्तुत गरिन्।

उपप्रमुख शाहले महानगरका अनियमितता बारे कुरा राख्दा आफु असुरक्षित बन्दै गएको बताईन् । सामाजिक सञ्जालमा ज्यानमार्ने धम्की आएको बारे जानकारी गराउँदा प्रमुखले कुनै प्रतिक्रिया नजनाएकाले यसलाई नियोजित आक्रमणको रुपमा आफुले बुझेको समेत बताईन् ।

गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा काँग्रेस र माओवादीबीच तालमेल भएको थियो । जसमा माओवादीबाट उमेद्वार बनेकी दाहाल मेयरमा र काँग्रेसबाट उपमेयर बनेकी शाह निर्वाचित भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);