सौतेनी जस्ता रेणु र पार्वतीका कारण भरतपुरबासीलाई हैरान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सौतेनी जस्ता रेणु र पार्वतीका कारण भरतपुरबासीलाई हैरान (भिडियाेसहित)

मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह

काठमाडौं, २० फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह ठकुरीबीचको झै-झगडा उत्कर्षमा पुग्दा महानगरबासी दिक्क भएका छन् । भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा दुई धारका राजनीतिक पार्टी नेपाली कांग्रेस र नेकपा माओवादीले गठबन्धन गरेका थिए । कांग्रेसले उपमेयर र माओवादीले मेयर पद पाएकाे थियाे ।  दुवै पार्टीले मेयर र उपमेयर पदमा महिलालाई उठाएका थिए ।

रेणु दाहाललाई मेयरमा जिताउन तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डलाई निकै सकस भएको थियो । प्रचण्डलाई मात्र होइन तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नै सकस भएको थियो ।

मेयरमा छोरी जिताउनलाई प्रचण्डको आदेशमा मतपत्र च्यात्नेसम्मको काम भएको तत्कालिन नेकपा एमालेले आरोप लगाएको थियो । मतपत्र च्यातिएपछि पुन: मतगणना र त्यतिले मात्र पनि नपुगी पुन: मतदानसम्मको कार्य त्यतिबेला भएको थियो । जसको चर्चा आज मात्रै होइन अब हुने हरेक चुनावहरुमा हुनेछ ।

यसरी चुनाव जितेका भरतपुर महानगरपालिकाका मेयर र उपमेयर भने अहिले आ-आफ्नो स्वार्थमा लागेर एक अर्काे माथि आरोप-प्रत्यारोप गरिरहेका छन् । योजना र विकासको काममा भन्दा बढी विवादमा अल्झिएका छन् । महिला नेतृत्व पाएको भरतपुर महानगरपालिकामा विकासले गति लिने जनअपेक्षा थियो तर अहिले महानगरपालिका भित्र भाँडभैलो मच्चिएको छ । महानगरपालिका भित्र भएका अनियमितता पनि छताछुल्ल भएका छन् ।

मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह ठकुरी दुबैले एक अर्काको पोल खोल्न लागिपरेका छन् । उपमेयर ठकुरीले फागुन ७ गते महानगरपालिका र फागुन १४ गते काठमाडौमा महानगरपालिका भित्र चरम भष्ट्राचार र अनियमितता भएको भनी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिन् ।

कर्मचारीले जनप्रतिनिधिलाई नटेरेको, प्रमुखले आफ्नो निर्णय लाद्न खोजेको, आफूलाई म्यासेन्जरमा ज्यान मार्ने धम्कि आउँदा समेत मेयरले चाँसो नदिएको उपमेयरको आरोप छ ।

मेयर दाहाल र भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृते मिलेर आफूलाई काम गर्ने वातावरण नदिएको, महानगरमा चरम अनियमितता गरेको, मेयर रेणु दाहालले एकलौटी रूपमा महानगर चलाउन खोजेको उपमेयर ठकुरीको आरोप छ । यसरी मेयर रेणु दाहाल र उपमेयरको पार्वती शाह ठकुरी एक आपसमा सौतेनी जस्तो झै-झगडा गर्दा भरतपुरबासीलाई हैरानी भएको छ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);