रेणु दाहाललाई जिताउन मतपत्र च्यात्नेविरूद्ध जनही लाख रूपैयाँ जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रेणु दाहाललाई जिताउन मतपत्र च्यात्नेविरूद्ध जनही लाख रूपैयाँ जरिवाना

renu

काठमाडौं, १७ असार । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मत गणना हुँदै गर्दा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनाविरूद्ध एक-एक लाख जरिवाना गरिएको छ । जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई जरिवाना सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिए पनि साेमबार सजाय सुनाएको हो ।

तत्कालीन समयमा महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरुले मतपत्र च्यातेका थिए । महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते  मतदान भएको थियो । पछि भएकाे निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर मेयरमा निर्वाचित भएकी थिइन । मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा ए-एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);