बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार व्यक्ति पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले रामेछापका ४५ वर्षीय सानुकाजी महतलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई ४८ लाख जरिवाना र २० दिन कैदको सजाय सुनाएको थियो । त्यसयता उनी फरार सुचिमा रहेका थिए ।

रजनी मिश्र र महेश महर्जनले दायर गरेको दुई छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध उच्च अदालतले सौ फैसला सुनाएका थियो ।

मिश्रले दायरको गरेको मुद्दामा ३५ लाख जरिवाना र १५ दिन कैद र महर्जनले दायर गरेको मुद्दामा १३ लाख जरिवाना र ५ दिन कैदको फैसला उच्च अदालतले सुनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);